मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

मापसे गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

मापसे गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

पोखरा । पोखरामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने ५ बस चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

सोमबार बिहान विद्यार्थी लिन जाने क्रममा रहेका बसहरू जाँच गर्दा मापसे गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ टोलीले पोखराका विभिन्न स्थानमा आज बिहान सवारी साधनको जाँच गरेको थियो ।

पक्राउ पर्नेहरूमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चालक ३३ वर्षीय आन्नद परियार रहेका छन् । उनी पोखरा महानगरपालिका १५ का बासिन्दा हुन् । त्यस्तै, पोखरा ५ प्रस्याङ बस्ने ३७ वर्षीय गौतम गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बसका चालक हुन् ।

प्रहरीले विध्यश्वेरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक ४४ वर्षीय भक्त बहादुर गुरुङलाई पनि मापसे गरेको अवस्थामा फेला पारेको छ । उनी पोखरा १५ का बासिन्दा हुन् । यस्तै, पोखरा १६ बस्ने ४८ वर्षीय डम्बर बहादुर गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी अञ्जली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बस चालक हुन् ।

एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बस चलाउने ४७ वर्षीय पदम बि.क.लाई पनि प्रहरीले पोखरा १० रामबजारबाट नियन्त्रणमा लिएको छ । ‘विद्यार्थीको सुरक्षामा गम्भीर लापरवाही गर्दै मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कानुन बमोजिम कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।

स्कुल बस जस्तो संवेदनशील क्षेत्रमा चालकहरूले देखाएको यस्तो गैरजिम्मेवारपनले दुर्घटनाको जोखिम बढाएको भन्दै प्रहरीले चेकजाँचलाई थप कडा बनाउने जनाएको छ ।

पक्राउ परेका सबै चालकहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

शेयर गर्नुहोस:

81
Shares