मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ : प्रधानमन्त्री

तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ : प्रधानमन्त्री


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन् ।

यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन् । उनले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट गरिन् ।

Advertisement

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले हालै राष्ट्रिय सभाको हालै भएको निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिइन् । प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइन् ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको स्पष्ट गरिन् ।

राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार छाडेर चुनावमा जानु कुनै बेइमानी नभएको स्पष्ट गरिन् ।

“त्यसबेला जेनजी समूहको आग्रहमा उहाँहरुलाई मन्त्री बनाइएको हो । जति दिन बस्नुभयो इमानदार रुपमा काम गर्नुभयो । राजीनामा दिएपछि चुनावमा लड्न वा आफ्नो रुचिको क्षेत्रमा जान पाउनुहुन्छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “अन्तरिक सरकारको मन्त्री छाडेर निर्वाचन लड्न गएकै आधारमा सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी वा कुनै दलको प्रभाव छ भन्ने यथार्थ होइन । हामी कसैको प्रभावमा छैनौँ । म आफैँ पनि कुनै राजनीतिक व्यक्ति नै होइन, त्यसकारण त्यस्तो टिप्पणीहरुको अर्थ छैन ।”

वर्तमान सरकारमा मन्त्री रहेका कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले राजीनामा दिएर निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् ।

शेयर गर्नुहोस:

0
Shares