मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

देश विकासका लागि मेरो उमेदवारी : वरिष्ठ नेता साह

देश विकासका लागि मेरो उमेदवारी : वरिष्ठ नेता साह


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गरेका छन् ।

रास्वपाद्वारा आयोजित परिर्वतन उद्घोष सभामा उनले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा गर्ने अवसर दिन अपिल गरेका हुन् ।

Advertisement

वरिष्ठ नेता साहले आफूहरूलाई प्रतिनिधिसभामा विजयी गराएमा देशले ठूलो उपलब्धि हासिल गर्ने दाबी गरे । उनले आफ्नो पार्टीको सरकार बनेमा नागरिकले आफ्नो अधिकार आफ्नै प्रदेशमा पाउन थप बलियो आधार बन्ने धारणा राखे ।

“म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस् । काठमाडौँ महानगर प्रमुख हुँदा गरेका राम्रा कामबारे यहाँहरूले थाहा पाउनुभएको नै छ । प्रतिनिधिसभामा हाम्रो पार्टीलाई निर्वाचन गरेमा मधेसमा पनि काम गर्ने छु यो मेरो प्रतीज्ञा हो”, नेता साहले भने ।

उनले मधेस प्रदेश राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिकस्थल भए पनि यहाँको विकास नदेखेर आफू अत्यन्त चिन्तित तथा दुःखी भएको बताए । “यो ऐतिहासिक भूमि हो, तर सरसफाइको अभावमा जनकपुर प्रदूषित हुँदै गएको छ । पर्याप्त विकास नहुँदा पर्यटकलाई कठिन भइरहेको छ”, साहले भने, “म र मेरो पार्टीले जितेमा यहाँको विकासका साथै प्रदेशका जनताले आफ्नो अधिकारका लागि काठमाडौँ जाने बाध्यात्मक परिस्थितिलाई हटाउन लाग्ने छु । हाम्रो सरकार बनेमा प्रदेशलाई अझै बलियो, सशक्त तथा प्रभावकारी बनाउन लाग्ने छौँ ।”

वरिष्ठ नेता साहले आफू मधेसकै बासिन्दा भएकाले यहाँको विकासका लागि सम्पूर्ण ध्यान लगाउने प्रतिबद्धता जनाए ।

शेयर गर्नुहोस:

405
Shares