मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

‘पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ’

‘पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ’


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले गत भदौ २३ र २४ गतेको आन्दोलनमार्फत देशमा आएको परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

जेनजी र नागरिक बचाऊ महाअभियानसहित विभिन्न राष्ट्रवादी समूहहरूको संयुक्त जनआन्दोलन घोषणासभामा आज अध्यक्ष प्रसाईंले आन्दोलनका क्रममा घाइते भएका युवा र उनीहरूको उपचार तथा पुनःस्थापनाका विषयमा सरकार जिम्मेवार बन्नुपर्ने बताए ।

Advertisement

अध्यक्ष प्रसाईंले भने, “भदौ २३ र २४ गतेको आन्दोलनकै कारण देशमा परिवर्तनको वातावरण बनेको छ । तर, आजसम्म पनि धेरै ‘जेनजी’ युवाहरू घाइते अवस्थामै छन्, उनीहरूको उपचारमा समस्या भइरहेको छ । सरकारले उनीहरूका जायज माग पूरा गर्नुपर्छ ।”

यसैगरी उनले आफूहरूले गर्ने आन्दोलन कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई भ्रष्टाचार मुक्त देश निर्माण र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि भएको स्पष्ट पारे ।

अध्यक्ष प्रसाईले नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहद्वारा एकीकरण गरिएको मुलुक भएको उल्लेख गर्दै देशको शान्ति, स्थायित्व र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय स्वाधीनता र पहिचानको संरक्षणबिना समृद्ध नेपाल निर्माण सम्भव नहुने धारणा राखे ।

शेयर गर्नुहोस:

162
Shares