मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

वाशिङटन डी.सी.मा दुई नेशनल गार्ड सैनिकमाथि गोली प्रहार, डीएचएसद्वारा पुष्टि

वाशिङटन डी.सी.मा दुई नेशनल गार्ड सैनिकमाथि गोली प्रहार, डीएचएसद्वारा पुष्टि

तस्बिर स्रोत: फाइल फोटो

शेयर गर्नुहोस:

1.4k
Shares

  • change font
  • change font
  • change font

वाशिङटन डी.सी., अमेरिका — अमेरिकाको राजधानी वाशिङटन डी.सी.मा आज दिउँसो दुई नेशनल गार्ड सैनिक माथि गोली प्रहार भएको डिपार्ट्मेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पुष्टि गरेको छ। घटना ह्वाइट हाउस नजिकैको उच्च सुरक्षा क्षेत्रमा भएको बताइएको छ।

प्राथमिक विवरण अनुसार, एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। गोली लागेका दुवै सैनिकको अवस्था गम्भीर रहेको र उपचारका क्रममा मृत्यु भएको वेस्ट भर्जिनियाका राज्य अधिकारीहरूले पुष्टि गरेका छन्।

ह्वाइट हाउसबाट केही ब्लक दूरीमा रहेको अत्यन्त सुरक्षित क्षेत्रमा घटना भएकोले राजधानीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

घटनापछि स्थानीय प्रहरी, डी.सी. अधिकारी, फेडरल सुरक्षा निकायहरू र डिपार्ट्मेन्ट अफ होमल्यान्ड सेक्युरिटीको टोलीले स्थल तत्काले सिल गरेको छ। साथै, आसपासका क्षेत्रबाट नागरिकलाई टाढा रहन निर्देशन दिइएको छ।

छानबिन सुरू, उद्देश्य अस्पष्ट

नेशनल गार्ड सैनिकमाथि गोली हानेको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही खुलासा गरिएको छैन। फेडरल अधिकारीहरूले विस्तृत अनुसन्धान जारी रहेको बताएका छन्। अधिकारीहरूले छानबिनको नतिजा सार्वजनिक नभएसम्म अनुमान नगर्न र आधिकारिक जानकारीको प्रतीक्षा गर्न आग्रह गरेका छन्।

अहिलेका लागि सर्वसाधारणलाई सुरक्षित दूरीमा रहन अनुरोध गरिएको छ, र घटनाबारे थप विवरण सार्वजनिक हुँदै जाने डिपार्ट्मेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जनाएको छ।

शेयर गर्नुहोस:

1.4k
Shares