मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
नेपाल   
मुख्य समाचार   

विदेशमा वस्ने नेपालीको वंशज नागरिकता निरन्तरताका लागि खुला छलफल हुदैं

विदेशमा वस्ने नेपालीको वंशज नागरिकता निरन्तरताका लागि खुला छलफल हुदैं


काठमाडौ- नागरिकता खोई अभियानले विदेशमा बस्ने नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आउने मंसिर १३ गते शनिवार काठमाडौ कमलादी स्थित स्काई वाक परिसरमा खुला छलफल आव्हान गरेको छ ।

उक्त अभियानका संयोजक बासुदेव घिमिरेले विदेशमा वस्ने नेपालीका मुख्य मुद्दा मध्ये एक वंशजको नागरिकता निरन्तरताक लागि आउने दिनमा के कस्ता रणनीति अवलम्बन गर्ने सम्वन्धमा छलफल गर्न यो खुला भेला आयोजना गरिएको जानकारी दिए ।

नेपालमा हुनु भएका विदेशमा वस्ने नेपाली लगायत सवैलाई यो भेलामा सहभागी हुन म आग्रह गर्छु घिमिरेले भने हाम्रो रणनीति तय गर्न यो भेला आयोजना गरिएको हो ।

नागरिकता खोई अभियानले विदेशमा वस्दा वाध्यतावश त्यहांको नागरिकता लिएका नेपालीको वंशजको नागरिकता कायम हुनु पर्छ भन्ने मुद्दामा निरन्तर सघर्ष गरिरहेको छ । युवा वर्ग, राजनीतिक पार्टीका नेता, नागरिक समाजसंग नागरिकताको निरन्तरताका वारेमा छलफल गरिरहेको छ । छलफलमा यो मुद्दा उचित भएको वताउने गरिए पनि कानुनी रुपमा यसलाई सम्वोधन गर्ने प्रयास भएको छैन ।

हामी नागरिक समाज, सरकारमा वस्ने पदाधिकारीहरु लगायतलाई नागरिकताको निरन्तरता गर्दा नेपाललाई हुने फाइदाका वारेमा वुझाउने सम्झाउने प्रयास गरिरहेका छौं घिमिरले भने अझै यसलाई कसरी प्रभावकारी वनाउने भनेर छलफल गर्न लागिएको हो ।

नागरिकता खोई अभियानले वंशजको नागरिकताको निरन्तरताको पक्षमा नभएकालाई आउने चुनावमा भोट नदिन आग्रह गरेको छ । दिन नहुदैं भन्ने पक्षमा रहेका अनुदार, देशको हित विपरित सोच्ने त्यस्ता अनुहारलाई सार्वजनिक रुपमा वहिस्कार गर्ने नीति पनि लिएको छ ।

यो मुद्दालाई वेवास्ता गरिए हामी सडकमा आउंछौ र भन्छौं तपाईका छोरा छोरीलाई विदेश वनाउनेहरुलाई आउने चुनावमा बहिष्कार गर्नु होस घिमिरेले भने । के कसरी हाम्रो मुद्दालाई पुरा गराउने यही विषयमा सल्लाह सुझाव लिन पनि भेला आयोजना गरिएको हो ।

यस भेलाका वारेमा थप जानकारीका लागि ९७६२४४९३९४ नम्बरमा सम्पर्क गर्न सकिने घिमिरेले जानकारी दिए ।

नेपालको कानुनले वंशजका नागरिकलाई विदेशको नागरिता लिदां विदेशी वनाउने गरेको छ । वंशजको नागरिक जसले देशको नागरिकता छाड्को छैन उ कसरी विदेशी नागरिक हुन्छ ? घिमिरेको प्रश्न छ ।

शेयर गर्नुहोस:

4.9k
Shares