मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

बहुप्रतीक्षित चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक

बहुप्रतीक्षित चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘मन बिनाको धन’को बुधबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रको ट्रेलरमा दर्जीको सडक बालकदेखि साङ्गीतिक सफलतासम्मको कथा देखाइएको छ । वर्तमान समाज मन अनि धनबीचको टकराव र अशोक दर्जी कसरी जिरोदेखिको हिरोको यात्रामा अगाडि बढेका छन् भन्ने विषयलाई भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ ।

बाटोमा गीत गाउँदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् । अशोक हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छन् ।

यस्तै, जिपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहेका छन् । टीकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् । चलचित्र अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा टंक बुढाथोकीको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डि. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।

शेयर गर्नुहोस:

81
Shares