मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह

निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उनले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न आग्रह गरेका हुन् ।

“निर्वाचन निर्धारित समयमै हुन्छ, त्यसको वातावरण बनाउन मिडियाकर्मीले भूमिका खेल्न आवश्यक छ”, मन्त्री खरेलले भने, “मुलुकलाई अगाडि बढाउनका लागि निर्वाचनको अर्को विकल्प छैन । त्यसैले यसमा सबैको सहयोगका लागि मिडिया महत्त्वपूर्ण माध्यम हो ।”

उहाँले राजनीतिक दलहरू पनि निर्वाचनका लागि प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे । अब निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुपर्ने भन्दै मन्त्री खरेलले व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

“राजनीतिक दल र ‘जेनजी’ समूहलाई संवादमा ल्याएर संवादहीनताको अन्त्य भएको छ । यसले निर्वाचनको वातावरण बनिरहेको छ”, उनले भने, “निर्वाचन सफल गराई मुलुकमा सुशासन प्रवर्द्धन, पुनर्निर्माण र विकास सरकारको मूल दायित्व हो । यसमा सबै लागौँ ।”

मन्त्री खरेलले ‘जेनजी’ आन्दोलनको जगमा बनेको सरकारप्रति राष्ट्रिय र अन्तरराष्ट्रिय जगत्को समर्थन रहेको स्पष्ट पारे ।

छलफलमा सहभागीहरूले निर्वाचनमार्फत मुलुकमा पद्धति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन सुझाव दिए । उनीहरूले निर्वाचनको माहोल बनाउन राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिनुपर्ने, सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

शेयर गर्नुहोस:

54
Shares