मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण अनिवार्य छ : नेता खनाल

सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण अनिवार्य छ : नेता खनाल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता भलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक रहेकामा जोड दिएका छन् ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका उनले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र नीतिगत दिशामा पुनर्गठन आवश्यक रहेको बताए ।

“अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । हरेक सानाठूला पार्टीमा र जेनजी समूहमासमेत उथलपुथल र विभाजन भइरहेको छ । यसले गर्दा सबैको माग पुनर्गठन र रुपान्तरणको हो”, उनले लेखेका छन्, “यो युगको माग हो, समयको माग हो र सिङ्गो राष्ट्रको मागसमेत हो ।”

अहिले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कुनै अर्को राजनीतिक दलसँग एकीकरण गर्न नहुने नेता खनालले धारणा राखे । “यो कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन र छैन । हामी कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँं”, उनले भने । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग एकीकरणका चर्चाबीच उनको यस्तो धारणा सार्वजनिक भएको हो ।

आफ्नो दलले पछिल्लो चारवर्षे अवधिको समीक्षा गर्नुपर्ने पनि खनालको भनाइ छ । नवौंँ राष्ट्रिय महाअधिवेशनदेखि उठाइएको युवा आवाज र कार्यविधिको विषयलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनले पार्टीभित्रका युवाको आवाजअनुरुप हुने गरी पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखे । सबै कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी बृहत् राष्ट्रिय मोर्चाको निर्माणमार्फत् प्रतिनिधिसभाको निर्वाचनमा खटिनुपर्ने उनको जिकिर छ ।

शेयर गर्नुहोस:

81
Shares