मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको हो : पूर्वगृहमन्त्री लेखक

जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको हो : पूर्वगृहमन्त्री लेखक


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

पाटन । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाउन सरकारबाट बल प्रयोग गर्ने नीति नरहेको उनले स्पष्ट पारे ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय पदाधिकारी बैठकमा सहभागी भएर बहिरिने क्रममा शुक्रबार धारणा राख्दै पूर्वगृहमन्त्री लेखकले भदौ २३ गतेको घटनाका सम्बन्धमा सरकारद्वारा गठित आयोगले निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

“जेनजी आन्दोलनमा उठेका विषय सबै नेपालीको माग थियो, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण जेनजीहहरूले उठाएको माग हो, तर त्यो आन्दोलनमा घुसपैठ भएर दुःखद् घटना भयो, घटना दुःखदायी र पीडादायी थियो, मैले २३ गते नै गृहमन्त्रीबाट राजीनामा गरिसकेको थिएँ, २४ गते दुःखद् घटना भयो, सरकारी र निजी संरचनामा आगजनी भए, यो दुःखद् छ”, उनले भने ।

उनले अहिलेको समयमा उत्तेजित हुने र आग्रह पूर्वाग्रहका आधारमा क्रियाशील हुनेभन्दा बृहत्तर हितका लागि ठीक ढङ्गले अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिए ।

“२६ गतेको बैठकको तयारीका लागि पदाधिकारी र कार्यसम्पादनको बैठक भएको हो, अहिले नेपाली कांग्रेसमा मात्रै नभएर देशमा एकताको आवश्यकता रहेको छ, बृहतर संवादको आवश्यक छ, जेन जेड पुस्ताले माग गरेको कुरालाई सम्बोधन गर्नुपर्ने छ”, उनले भने ।

लेखकले भदौ २३ गतेको घटनाको छानबिन गर्नका लागि गठन भएको आयोगले लोकतान्त्रिक पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुनभित्र बसेर काम गर्नुपर्ने बताए ।

शेयर गर्नुहोस:

135
Shares