मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय

विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने भएको छ ।

आज पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग ‘विपद् केन्द्रित विशेष बैठक’ ले भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले भ्रातृ संस्थाका स्वयम्सेवक स्थानीय रूपमा परिचालित गरिसकेको बताए । कांग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको जनाएको छ । पार्टीले इलाम, रौतहट, खोटाङ, उदयपुरलगायत जिल्लामा भएको मृत्युका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत सबैको आत्माको शान्ति कामना तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यसचिव पौडेलले बताए ।

कांग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयम्सेवीहरूमा विशेष अपिलसमेत गरेको छ । विपद्को घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरूको सुरक्षामा सहयोग गर्नु सबैको कर्तव्य भएको पनि पार्टीले जनाएको छ ।

बर्सातले श्रमिक वर्ग प्रभावित, सरकारको गम्भीर ध्यानाकर्षण होस् : ट्रेड युनियन कांग्रेस

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले असोज १७ देखि देशभर परेको अत्यधिक बर्सातका कारण नेपालका श्रमिक वर्ग मारमा परेको जनाएको छ ।

युनियनका महासचिव अजयकुमार राईद्वारा आज एक विज्ञप्ति जारी गरी अत्यधिक वर्षाका कारण श्रमिक वर्ग प्रभावित भएको भन्दै प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

युनियनले बाढी प्रभावितको यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

शेयर गर्नुहोस:

54
Shares