मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिएका हुन् ।

विसं २०३३ मा जननायक बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,“चाडवाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ ।”

आमनेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताएका छन् ।

आइतबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले विगतमा भएका कमीकमजोरीलाई सुक्ष्म ढङ्गबाट समीक्षा गरी पार्टी अघि बढ्ने बताए ।

उनले यही असोज २६ गते पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने केन्द्रीय समितिको बैठकबाट महाधिवेशनसम्बन्धी विषयले निकास पाउने स्पष्ट गरे ।

उनले लोकतन्त्रका पक्षमा जीवनभर लडेका पार्टीका शीर्ष नेताहरूप्रति वितृष्णा फैलाउने काम भएरहेको भनी आपत्ति व्यक्त गरे ।

संसदीय व्यवस्थासहित प्रजातन्त्रका पक्षमा लडेका राजनीतिक दलहरूलाई निषेध गर्न खाजेकाजस्ता चर्चा सामाजिक सञ्जालमा देखिएको उल्लेख गर्दै यदि त्यस्तो भए कांग्रेसलाई त्यो स्वीकार नहुने बताए ।

शेयर गर्नुहोस:

54
Shares