मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पछिल्लो विषम परिस्थितिमा राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

पछिल्लो विषम परिस्थितिमा राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको विद्यमान समस्या समाधान गर्न राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा शुक्रबार आयोजित ‘भदौ २३ गतेको प्रदर्शन र भदौ २४ गतेको दिन घटेको विध्वंशात्मक घटनापश्चात मुलुकमा उत्पन्न परिस्थिति’ विषयक अन्तर्क्रियामा उनले राजनीतिक दल र विभिन्न आस्था राख्नेहरूबीच समन्वय भएर नै अहिलेको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले सधैँ अहिलेको अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै यसको समाधान गरेर जानुपर्ने बताइन् । मुलुकका शक्तिका स्रोत भनेका जनता रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीतिअनुसार काम गरे वा नगरेको बारेमा जान्न जनतामाझ जानुपर्नेमा जोड दिइन् ।

शेयर गर्नुहोस:

81
Shares