बोस्टन

प्याब्फोनको घोसित साधारण सभा तथा निर्वाचन स्थगित

प्याब्फोनको घोसित साधारण सभा तथा निर्वाचन स्थगित


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

अमेरिका, बोस्टन। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को घोषित आसन्न साधारण सभा तथा निर्वाचन प्रक्रिया स्थगित भएको छ। प्याब्फोनले आज सेप्टेम्बर ९, २०२५ मङ्गलवार एक सूचना जारी गर्दै साधारण सभा तथा निर्वाचन प्रक्रिया हाललाई स्थगित गरिएको जनाएको छ।

संस्थाले मातृभूमि नेपालमा घटेको घटनालाई कारण देखाउदै यस्तो निर्णय लिइएको जनाएको छ। यस अघि संस्थाले यही आउदो सेप्टेम्बर १४, २०२५ आइतवार साधारण सभा र नयाँ कार्यसमिति चयन गर्न निर्वाचन गर्ने तयारी गरेको थियो। भने निर्वाचन समितिले पनि सोही दिन आगामी कार्यकाल २०२५-२७ का लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको थियो।

Advertisement

संस्थाले स्थगित गरिएको साधारण सभा तथा निर्वाचन प्रक्रिया कहिलेसम्मका लागि स्थगित गरिएको र स्थगित गरिएको साधारण सभा तथा निर्वाचन कहिले हुने हो भनि सूचनामा भने उल्लेख गरेको छैन।

जारी सूचनामा नेपालमा घटेको दु:खद घटनाप्रति प्याब्फोन संवेदनशील भएको र उक्त दु:खद घटनाले मर्माहत भएको कुरा उल्लेख गरिएको छ। यसैक्रममा संस्थाले दिवङ्गत आत्माहरूको शान्ति र परिवारजनहरुमा समवेदना व्यक्त गर्दै नेपालमा छिटोभन्दा छिटो शान्तिको पुनर्स्थापना होस् भनि कामना समेत गरेको छ।