मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

जेनजी पुस्ताको आन्दोलनमा मारिएका युवाको स्मरणमा नेपाली समुदायद्वारा श्रद्धाञ्जलि सभा हुदै

जेनजी पुस्ताको आन्दोलनमा मारिएका युवाको स्मरणमा नेपाली समुदायद्वारा श्रद्धाञ्जलि सभा हुदै


शेयर गर्नुहोस:

2.8k
Shares

  • change font
  • change font
  • change font

टेक्सस,अमेरिका -नेपालमा शान्तिपूर्ण आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा आज राति अमेरिकाको टेक्सासमा Candlelight Vigil आयोजना हुने भएको छ।

कार्यक्रम युलेस,टेक्सासको नेपाली मन्दिर 1212 Royal Pkwy, Euless मा स्थानीय समयअनुसार साँझ ६:३० बजेपछि सुरु हुनेछ। आयोजकहरूले “Black Day for Nepal – 2082-05-23” को स्मरण गर्दै निर्दोष युवाहरूको बलिदानलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ – “शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाउने सबै युवाको आत्माको चीरशान्तिका लागि दीप प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण गर्नेछौँ। उनीहरूको बलिदानले भ्रष्टाचार र दमनविरुद्ध नेपाली युवाको संघर्षलाई अझ सबल बनाएको छ।”

सो कार्यक्रममा ड्यालस तथा आसपासमा बसोबास गर्ने नेपाली समुदायलाई सहभागी हुन आह्वान गरिएको छ। सामाजिक सञ्जालमार्फत #nepalifornepali र #westandwithyou ह्यासट्याग प्रयोग गरी एकताको सन्देश फैलाइएको छ।

केवल ड्यालस मात्र होइन अमेरिकाको न्युयोर्क, क्यालिफोर्निया तथा अन्य विभिन्न राज्यका नेपाली समुदायले पनि सोही उद्देश्यका लागि Candlelight Vigil आयोजना गर्ने तयारी गरिरहेका छन्।

शेयर गर्नुहोस:

2.8k
Shares