ड्यालस (अमेरिका) । तीज आउन एक साता बाँकी भएपनि अमेरिकाको ड्यालसमा रहेका नेपाली महिलाहरुले सामुहिक दर र नाचगान गरेर मनाएका छन् ।
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा भएको दरखाने कार्यक्रममा यस क्षेत्रका हजारौं महिलाहरुको उत्साहजनक सहभागिता थियो । आइतबार बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम अपरान्हसम्म उत्तिकै उल्लासमय रुपमा महिलाहरुले मनाएका थिए ।

कार्यक्रममा अध्यक्ष सीता सापकोटा बस्नेतले तीज नेपाली हिन्दू महिलाहरुको अपनत्व गाँसिएको पर्व भएको भएको चर्चा गर्दै सहभागीहरुलाई धन्यावाद ज्ञापन गरिन् । केन्द्रले हरेक वर्ष तीजको दर ख्वाउने कार्यक्रम मन्दिरमा सामुहिक रुपमा गर्दै आएको छ ।
महिला दिदीबहिनीहरुलाई दर ख्वाउने कार्यक्रमका लागि केन्द्रका पदाधिकारीहरुले निकै मेहनत र तयारी गरेका थिए । केन्द्रको आफ्नै भान्छामा बनाइएका परिकारहरु महिलाहरुलाई ख्वाइएको थियो । केन्द्रका कार्यकारिणी सदस्य तथा महाप्रसाद संयोजक अच्युत थापाको नेतृत्वमा स्वयम्सेवकहरुले बिहानभरि खटेर दरका परिकारहरु तयार पारेका थिए ।

त्यस्तै लुम्बिनी समाज ड्यालसले पनि अाइतबार साँझ अर्भिङ्गमा तीज कार्यक्रम गरेको छ ।












प्रतिक्रिया