मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड

नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तर प्रमाणीकरणका लागि नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

आज मन्त्रालयमा आयोजित खानी तथा भूगर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूसँगको बैठकमा उनले नेपालमा अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रमाणीकरणसम्बन्धी प्रयोगशाला स्थापनाको आवश्यकता औँल्याए।

मन्त्री भण्डारीले भने, “खानी तथा भूगर्भ विभाग र गुणस्तर तथा नापतौल विभागले परिणाममुखी काम गर्नुपर्छ। अब नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नु अत्यावश्यक भइसकेको छ।”

उनले योजनाहरू शीघ्र कार्यान्वयन गरी छरितो र प्रभावकारी परिणाम देखिनुपर्नेमा जोड दिँदै राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउने खालका कामहरू प्राथमिकतामा राख्न निर्देशन दिए।

छलफलका क्रममा खानी तथा भूगर्भ विभागले चालु आर्थिक वर्षमा रोक्का क्षेत्र खोल्ने, खानी अन्वेषण पुनः सुरु गर्ने, कानुनी अड्चन समाधान गर्ने र अन्तरराष्ट्रिय सम्मेलनको तयारीस्वरूप विज्ञ तथा सरोकार भएकासँग शीघ्र अन्तरक्रिया गर्ने योजना प्रस्तुत गरेको थियो। नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल–भारत व्यापार सहजीकरणका लागि उठाउनुपर्ने विषयहरूबारे जानकारी गराएको छ।

भारतले भारतीय मानक ब्यूरो (बिआइएस) प्रमाणीकरण नपाएका नेपाली वस्तुहरूको निर्यातमा अवरोध गरेको विषय प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा प्रमुख रूपमा उठ्ने विभागले जनाएको छ।

नेपाली उत्पादकहरूले बिआइएस प्रमाणीकरणका लागि आवेदन दिए पनि प्रक्रिया ढिलो हुँदा निर्यातमा समस्या आइरहेको विभागले जनाएको छ। नेपाल–भारतबीच यससम्बन्धी सम्झौता भए पनि कार्यान्वयनमा कमी देखिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।

दुवै विभागले चालु आर्थिक वर्ष २०८२/८३ का नीति, कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी थप विवरण अर्थमन्त्रालयसँग बिहीबार हुने छलफलमा प्रस्तुत गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस:

162
Shares