मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट


शेयर गर्नुहोस:

729
Shares

  • change font
  • change font
  • change font

 वाशिङ्टन । अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासमा अपेक्षा गरिएभन्दा बढीले संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको परिमार्जित तथ्यांकअनुसार, जनवरीदेखि मार्चको अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो।

यसअघि अर्थतन्त्रमा ०.२ प्रतिशतको सामान्य गिरावट आउने प्रारम्भिक अनुमान गरिएको थियो। तर पछिल्लो तथ्यांकले आर्थिक संकुचन अझ गहिरो रहेको देखाएको हो। गत वर्षको अन्तिम त्रैमासमा अमेरिकी अर्थतन्त्र २.४ प्रतिशतले वृद्धि भएको थियो ।

वाणिज्य विभागका अनुसार, जीडीपीमा आएको यो गिरावटको मुख्य कारण कमजोर उपभोग खर्च र निर्यात मानिएको छ। तर, सबैभन्दा ठूलो असर राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले घोषणा गरेका नयाँ भन्सार शुल्कले पारेको देखिन्छ।

व्यापारिक साझेदारहरूबाट आयात हुने वस्तुमा भन्सार शुल्क लाग्ने त्रासले व्यापारीहरूले ठूलो परिमाणमा सामान आयात गरी भण्डारण गरेका थिए। जीडीपी गणनामा आयातलाई नकारात्मक रूपमा लिइन्छ, जसकारण सरकारी खर्च र उपभोगमा आएको कमीसँगै बढेको आयातले समग्र अर्थतन्त्रमा गिरावट आएको हो।

राष्ट्रपति ट्रम्पले पुनः कार्यभार सम्हालेपछि अधिकांश व्यापारिक साझेदारबाट आउने सामानमा १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। यो निर्णय जुलाईदेखि कार्यान्वयनमा आउने सम्भावनाले बजारमा अनिश्चितता बढाएको छ। यसबाहेक, स्टिल, एल्युमिनियम र सवारीसाधन जस्ता वस्तुमा लगाइएको उच्च करले बजारमा अस्थिरता ल्याएको छ।

अर्थविद्हरूका अनुसार, यस्ता व्यापारिक कदमहरूले आपूर्ति प्रणालीमा बाधा पुर्‍याउनुका साथै उपभोक्ताहरूको मनोबलमा समेत गिरावट ल्याएको छ।

आगामी दिनमा नीति निर्माताहरूले गर्मीयाम भरका आर्थिक तथ्यांकहरूलाई नजिकबाट नियाल्नेछन्, जसका आधारमा भविष्यका नीतिहरू तय हुने अनुमान गरिएको छ।एएफपी

शेयर गर्नुहोस:

729
Shares