मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
ग्लोबल नेपाली   

कांग्रेस सभापति देउवालाई बहिष्कार र चुनावमा भोट नदिन आग्रह

कांग्रेस सभापति देउवालाई बहिष्कार र चुनावमा भोट नदिन आग्रह


अमेरिका । ‘नागरिकता खोई’ अभियानले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिएका नेपालीलाई नेपाली नागरिकता दिन सकिदैंन भन्ने सावजनिक भनाई प्रति आपत्ती जनाउँदै उनलाई वहिष्कार गर्न, चुनावमा भोट नदिन र सहयोग नगर्न नेपाल र विदेशमा हुने नेपालीसँग अपिल गरेको छ ।

पटक पटक प्रधानमन्त्री भैसकेका र देशकै पुरानो सत्तारुढ पार्टी नेपाली कांग्रेसका सभापतिबाट व्यक्त धारणा देशको दुरगामी हित प्रतिकुल रहेको समेत अभियानले जनाएको छ । ‘देउवाबाट व्यक्त धारणा नेपालको विकास गर्ने र आमनागरिकको जीवनस्तर सुधारगर्ने सोचनै नभएको देखाउँछ’ नागरिकता खाई अभियानका संयोजक बासुदेव घिमिरेले भने- ‘देउवासँग देशलाई यो अवस्थावाट सुधार गर्ने इच्छा नै छैन भन्ने पुष्टि गर्छ ।’

Advertisement

गत शनिवार ललितपुरमा आयोजित सुगौंली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रममा सम्वोधन गर्ने क्रममा देउवाले विदेशमा वस्ने नेपालीले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भए पनि अर्को देशको नागरिकता लिईसकेपछि नेपालको नागरिकता दिन सकिदैंन भनेका थिए ।

नागरिकता खोई अभियानले भने नेपाली नागरिकताको निरन्तरता गर्दा देशले ठुलो आर्थिक लाभ पाउने देशको अर्थतन्त्रलाई उकास्न यो वाहेक अर्को विकल्प नभएको दावी गर्दै आएको छ । नेपाली नागरिकताको निरन्तरता विदेशमा वस्ने नेपालीको भन्दा नेपालको आवश्यकता भएको अभियानको दावी छ ।

‘विदेशमा वस्ने वुवा आमा दाजु भाई सवैलाई म विनम्र आग्रह गर्छु हामीलाई वाध्यतावश विदेशी बनाउने देउवा जस्तो सोच भएका राजनीतिक नेतालाई निषेध गर्नु होस, आफ्ना नेपालमा बस्ने नातेदारलाई चुनावमा भोट नदिन आग्रह गर्नुहोस’ घिमिरेले भने

विदेश स्थित नेपाली नियोगहरुमा गएर, वा विभिन्न कार्यक्रमहरुमा देउवा लगायत यस्तै सोच भएका नेताको विरोध गर्न पनि म आग्रह गर्छु घिमिरेले भने ।

पटक पटक प्रधानमन्त्री भएका देउवा बृद्ध पनि भईसके, उनीमा देशलाई सुधार गर्नु पर्छ भन्ने चेत पनि छैन यही कारण उनले यस्तो भनाई सार्वजनिक गरेको हुनुपर्छ घिमिरेले भने अव स्पष्ट छ यस्तो चेत हुने नेता वाट देश अघि वढ्न सक्दैन ।

देउवाले विदेशमा काम गरेर सिप र धन कमाएका हज्जारौं नेपाली नेपाल फर्किने सोच बनाईरहेको बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘पटक पटक सत्तामा गएको नेपाली कांग्रेस उदार विचारधाराको पार्टीको रुपमा लिइन्छ । यस्तो पार्टीमा देउवा जस्ता नेताको आवश्यकता सकिएको देखिन्छ’ घिमिरेले भने ।

अहिले ठुलो संख्यामा नेपालीहरु वाध्यतावश अवसरको खोजिमा विदेश गईरहेका छन् । विदेशमा रहंदा सजिलोका लागि नेपालीले नागरिकता लिने गरेका छन् । विदेशमा वस्ने नेपालीले त्यहांको नागरिकता लिँदा नेपाललाई फाइदा हुन्छ । नलिंदा नेपाललाई नै नोक्सान पर्छ । नागरिकताको निरन्तरता नगर्ने हो भने देशमा एउटा पुस्तानै गायब हुने छ ।

विदेशमा रहेपनि नेपालीले आवश्यता पर्दा देशको पक्षमा विभिन्न प्रकारले वकालत गर्दै आएका छन् । भारतले नेपालमा नाकावन्दी लगाउंदा विदेशमा वस्ने नेपालीले सडकमा आएर विरोध समेत गरेका थिए ।

शेयर गर्नुहोस:

3.5k
Shares