मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत

आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने प्रमुख दायित्व मिडिया जगतकै रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समितिले प्रकाशन गरेको फोटो पुस्तक बुझेपछि उनले सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा नकारात्मक सोच छाएकाले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने बताएका हुन् ।

Advertisement

अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धिलाई तस्बिरमार्फत जनसमक्ष ल्याउन रासस फोटो किताब महत्त्वपूर्ण दस्तावेज भएको भन्दै प्रशंसा गरे ।

त्यस क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकाशन गरिएको बताए । “वास्तवमा यो अवधिमा धेरै काम भएका छन् तर, मिडियाको माध्यमबाट ती कामबारे अझ धेरै प्रकाशन प्रसारण गर्न सकिएको छैन । नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन”, उनले भने ।

राससले यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरूमा तस्बिर प्रदर्शनीसमेत गरिसकेको छ । तिनै तस्बिरको सङ्ग्रहका रूपमा ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ प्रकाशन गरिएको हो ।

शेयर गर्नुहोस:

108
Shares