मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

शहीद र बेपत्ता व्यक्तिका परिवारका मागबारे पार्टी गम्भीर छ : प्रचण्ड

शहीद र बेपत्ता व्यक्तिका परिवारका मागबारे पार्टी गम्भीर छ : प्रचण्ड


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

गोदावरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन्।

आज धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित शहीद परिवारहरूसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा उनले सशस्त्र युद्ध सफल पार्न शहीद एवं बेपत्ता भएका व्यक्तिको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।

Advertisement

अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हाल देशभर शहीद तथा बेपत्ता परिवारहरूसँग संवाद र भेटघाट गरी समस्या बुझ्ने काम भइरहेको बताए।

उनले भने, “हामीले तपाईँहरूका पीडा बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ। म प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेका थियौँ। यो शहीद, बेपत्ता र परिवर्तनका लागि योगदान दिने सबैको सम्मानको विषय हो।”

कार्यक्रममा शहीद परिवारकातर्फबाट ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले शहीद र बेपत्ता परिवारको मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

“समस्या जहाँ हुन्छ, त्यस समाधान पनि हुन्छ, सोहीअनुसार यहाँहरूले राखेका माग सम्बोधनको प्रयास गर्नेछौँ, नसके केन्द्रमा पुर्‍याएर अगाडि बढाउनेछौँ”, उनले भने।

अध्यक्ष प्रचण्डले द्वन्द्वमा भएका घटनाको निकास दिन सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनेको र त्यसकै आधारमा बाँकी प्रक्रियाले गति लिने धारणा राखे।

उनले आयोग बनेपछि राज्यले शहीद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, प्रमाणपत्र वितरणलगायत शहीदहरूको सम्मान र स्मृतिका लागि आवश्यक काम गरिने बताए।

शहीद र बेपत्ता भएका परिवारका कम्तीमा एक जनालाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानूनी व्यवस्था विधेयकमै रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो।

शेयर गर्नुहोस:

81
Shares