मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन’

‘गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन’


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

गोरखा । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्दै जानुपर्नेमा सरकोरवालाले जोड दिएका छन् । १९औँ लोकतन्त्र दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले लोकतान्त्रिक गणतन्त्र विश्वमा नै उत्कृष्ट शासन व्यवस्था भएकाले लोकतन्त्रविरुद्ध हुने सबै खालका गतिविधिलाई आआफ्नो ठाउँबाट निरुत्साहित गर्दै जानुपर्ने सुझाव दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले जनता आफैँले आफूलाई शासन गर्न पाउने अहिलेको व्यवस्थाको कुनै विकल्प नहुने बताए । “अहिलेको व्यवस्थामा भएका कमिकमजोरीलाई सुधार गर्दै थपउन्नत बनाउँदै लैजाने हो”, उनले भने, “तर अब पछाडि देशलाई फर्काउने कोसिस कतैबाट हुनुहुँदैन ।”

Advertisement

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले एकात्मक राज्य व्यवस्था र केन्द्रीकृत अधिकारलाई तल्लोतहमा पु¥याएर जनतालाई अहिलेको व्यवस्थाले अधिकार प्रदान गरेको बताए । नेपालमा गणतन्त्रआएपछि विकास, निर्माणमात्र नभएर शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा थुप्रै परिवर्तन भएको जनाउँदै उनले यी उपलब्धी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धी भएको बताए ।

अन्तर्क्रिया कार्यक्रममा नेपाली कांग्रेस गोरखाका सचिव किशोरजङ्ग थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अरुले गरेको काम भएन र चित्त बुझेन भने म आफैँ गर्छु भन्ने पाउने व्यवस्था भएकाले यसको अर्को कुनै विकल्प हुनै नसक्ने बताए ।

“लोकतान्त्रिक गणतन्त्रमा पनि केही कमिकमजोरी भए होलान्, तर त्यसको दोष व्यवस्था दिने कुरा सरासर गलत हो, उनले भने, “अहिलेको व्यवस्थाले मात्र जनतालाई सबै खालको अधिकार दिनसक्छ, विश्वमा बनेको नेपालको राजतन्त्र हुँदा हो, राजतन्त्रले देश बनाउने भए विश्व बनेका बेला नेपाल बनाउनसक्नु पर्थ्यो ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश समितिका सदस्य ध्रुवप्रसाद भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै लैजानका लागि गणतन्त्रपछिको अवधिमा भएका कमिकमजोरीलाई औँल्याएर सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

“संविधानसभाबाट संविधान त बन्यो तर अझैपनि कतिपय कानुन राजतन्त्र बनेका, राणाकालमा बनेका कानुनले राज्य सञ्चालन भइरहेका छन्, उनले भने, “त्यसलाई तत्काल फेर्नुपर्छ अनि बल्ल गणतन्त्र बलियो हुन्छ ।”

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका गोरखाका अध्यक्ष यादव बस्नेत, परिवार दल गोरखाका अध्यक्ष रवीन्द्र थापालगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदानबाट प्राप्त उपलब्धि भएको बताएका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गणतन्त्रको १५ वर्षमा भएका उपलब्धिका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

शेयर गर्नुहोस:

81
Shares