मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच द्विपक्षीय छलफल भएको छ ।

बुधबार भएको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट मन्त्री भण्डारीले नेपाली श्रमिकको पक्षमा दीर्घकालीन हित हुने विषय प्रस्ताव गरे ।
नेपाली महिला घरेलु कामदार यूएई लैजाने सम्बन्धमा एक ‘पाइलट’ परियोजना अगाडि बढाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

पछिल्लो समय अध्ययन गन्तव्यको रुपमा पनि विकास भएको यूएईमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्र निर्माण गर्न भौतिक पूर्वाधारसहित आवश्यक तालिम उपकरण उपलब्ध गराइदिन मन्त्री भण्डारीले आग्रह गरे ।

उनले यूएईमा कार्यरत नेपाली कामदारको हकमा २४ घण्टा काम गर्दा बिमा लागू हुनुपर्ने प्रस्ताव गरे। त्यसैगरी, नेपाली कामदारले पारिश्रमिक रेमिट्यान्समार्फत रकम नेपाल पठाउँदा लाग्ने चर्को शुल्क घटाउन आग्रह गरे ।

मन्त्री भण्डारीले यूएईमा रहेका कम्पनीले कर्पोरेट सामाजिक उतरदायित्वअन्तर्गत नेपाली कामदारका लागि स्वास्थ्य, शिक्षा विकासका लागि खर्च गर्नुपर्ने व्यवस्थाका लागि अनुरोध गरेको जनाइएको छ ।

शेयर गर्नुहोस:

54
Shares