अमेरिका- नागरिकता खोई अभियानले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले हालै विदेशमा वस्ने नेपालीलाई राजनीतिक अधिकार विनाको नागरिकता दिने भन्ने अभिव्यक्ति प्रति आपत्ति जनाएको छ ।
हामीले विदेशमा वस्ने नेपाली माझ राम्रो प्रभाव पारेको नयां राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशी नागरिकता लिएका नेपालीको वंशजको नागरिकता कायम गर्न पहल गर्छ भन्ने आशा गरेका थियौं नागरिकता खोई अभियानका संयोजक घिमिरेले भने तर, राजनीतिक अधिकार विनाको नागरिकता दिन सकिने वाग्लेको भनाईले हामीलाई निराश वनाएको छ ।
नागरिकता खोई अभियानले वाध्यतावश विदेशको नागरिकता लिएका नेपालीको वंशजको नागरिकता निरन्तरताका लागि विभिन्न दवावमुलक कार्य गरिरहेको छ ।
वंशजको नागरिकता निरन्तरताको मुद्दालाई समर्थन नगर्ने राजनीतिक पार्टि र नेतालाई यसको फाइदाका वारेमा जानकारी दिदैं आएको छ । यदी राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा विदेशमा वस्ने नेपालीलाई राजनीतिक अधिकार विनाको नागरिकता हो भने यसलाई तत्काल सच्याउन उनले आग्रह गरे ।
विदेशमा पढेर काम गरेर फर्किएका स्वर्णिमवाट यस्तो धारणा आउछं भन्ने हामीले नसोचेको घिमिरेले वताए । मलाई यो सुन्दा लाग्यो स्वर्णिमले नेपालको अर्थतन्त्र र विदेशमा वस्ने नेपालीको चाहनालाई वुझ्न नसेका रहेनछन् । अर्थतन्त्रका तथ्यांकलाई यता उता गरेर वोल्न सजिलो छ यो सतही कुरा हुन् घिमिरेले भने विदेशमा वस्ने नेपाली फर्किएमा यसले अर्थतन्त्र र समाजलाई ठुलो योगदान पुग्छ भन्ने तथ्यलाई वाग्लेलेले वुझ्न नसेका रहेछन ।
विदेशमा गएका नेपाली फर्किने गरेर गएका होइनन भन्ने स्वर्णिमको वुझाई पनि गलत भएको घिमिरेले वताए । अमेरिका युरोपमा फर्किन चाहने नेपालीको संख्या ठुलो छ फर्किरहेका पनि छन् घिमिरेले भने । स्वर्णिम पनि विदेशमा काम गरेर फर्किएका हुन् ।
दैनिक हज्जारौं नेपाली युवा विदेश गईरहेका छन् उनीहरुको ज्ञान, सीप, अनुभव चल्दैन तर, रेमिट्यान्स मात्र चल्छ उनले भने अहिले विदेशमा अर्को आंधी थामिएर संयमताका साथ बसिरहेको छ घिमिरे भने समयमै होस पुर्याउनुहोस यो थामिएको आंधी फुट्यो भने पहिला तपाईहरु जस्ता पनि वग्नु हुने छ ।
प्रतिक्रिया