मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सरकार गठनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छ : नेता कोइराला

सरकार गठनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छ : नेता कोइराला


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बताएका छन् । लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको लोकार्पण गर्दै उनले सहमति कार्यान्वयन गर्दै कमजोर रहेको देशको आर्थिक अवस्था सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

नेता कोइरालाले भने, ‘सहमतिमा संविधान संशोधनसँगै सुशासन प्रबद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्ने घोषणा गरिएकोमा नौ महिनासम्म आइपुग्दा त्यसको औचित्य पुष्टि गर्न सकिएको छैन । त्यसका लागि नेता र नेतृत्वमा इच्छाशक्ति हुनुपर्छ, अनि मात्र जनताको सेवामार्फत देश बनाउन सकिन्छ ।’ नेपाललाई विकास र समृद्धिमा लैजान हरित ऊर्जा, कृषि र प्रविधिको विकास तथा विस्तारसँगै भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन तथा दण्डहीनता अन्त्य गरिनुपर्ने भन्दै उनले कानुन कार्यान्वयन संयन्त्रमा हाम्रा नभई राम्रा व्यक्ति छनोट गर्नुपर्नेमा जोड दिए ।

Advertisement

अर्को एक प्रसङ्गमा नेता कोइरालाले नेपालगञ्जमा जननेता बिपी कोइरालाको शालिकमा हिजो कालोमोसो दलिएको घटनाले कांग्रेसीजनको मनमा केही असर परे पनि प्रजातन्त्रमा विश्वास गर्ने कोही पनि विचलित भने नहुने विचार व्यक्त गरे । उनले भने, ‘कालोमोसो दल्दैमा बिपी कालो हुने होइनन्, उहाँलाई नेपाली कांग्रेसले मात्र नभई सबै नेपालीले राजनेता मानेका छन् । त्यो घटनाले पक्कै पनि हामीहरूको मनमा केही असर गर्छ, त्यो स्वभाविक हो तर त्यस्ता घटनाबाट प्रजातन्त्रमा विश्वास गर्ने कोही विचलित हुनहुन्न ।’

पुस्तकका श्रष्टा डा कर्माचार्यले राजनीति ठूलो दर्शन भए पनि नेपालमा हाल भइरहेका अभ्यास, राज्यबाट नागरिकका लागि प्रवाह भइरहेका स्वास्थ्यलगायत अत्यावश्यक सेवासुविधा र तिनको प्रप्तिमा रहेको झण्झटिला प्रक्रियाले आफूलाई पुस्तक लेख्न खुराक प्रदान गरेको बताए ।

‘नेपालको राजनीति मात्र होइन, सामाजिक र स्वास्थ्य सेवामा समेत सुधारको खाँचो रहेको बताउँदै राजनीति आफैँमा समाजसेवाको दर्शन हो तर अभ्यासमा त्यस्तो नदेखिएको बताए । पुस्तक अध्ययनपछि भने खुसी समाज, समृद्ध परिवार, असल नागरिक र शान्त नेपाल निर्माणको यात्रामा सबै नागरिक जुट्न प्रेरणा प्राप्त हुनेछ उनको भनाइ थियो ।

पुस्तकको समीक्षा गर्दै समालोचक प्रमोद प्रधानले कात्रोमा खल्ती हुन्न भन्ने पुर्खाको बुझाइ रहेकामा पुस्तकको शीर्षक र समेटिएका विषयवस्तुले समसामयिक राजनीति, आर्थिक चलखेल, समाजमा विद्यमान विकृति र विसङ्गतिको पर्दाफास गरेको धारणा राखे ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पुस्तकले नेपालको वर्तमान राजनीति र समाजको चित्रण गर्नाका साथै राजनीतिज्ञले कसरी काम गर्छन्, समाजमा सुशासनको अवस्था कस्तो छ, सरकारी निकाय, सङ्घसंस्था, अस्पताल र समाज कसरी चलेका छन् भनेर छर्लङ्ग देखाएको बताएका थिए । कात्रोमा खल्ती नभए पनि अहिलेको परिवेशमा समाजका सबै ठाउँमा खल्ती छ भन्ने देखिरहेको उनीहरूको भनाइ थियो ।

लेखकले पुस्तकमा नेपाली समाजको हालको परिस्थितिलाई चिर्दै देशलाई समृद्ध, सुखी र शान्त बनाउन चाल्नुपर्ने कदम र गर्नुपर्ने मेहनतको पक्षमा समेत सुझाव प्रस्तुत गरेका छन् ।

शेयर गर्नुहोस:

108
Shares