मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गभर्नर महा प्रसाद अधिकारीको नैतिक जिम्मेवारीको परीक्षा

गभर्नर महा प्रसाद अधिकारीको नैतिक जिम्मेवारीको परीक्षा


शेयर गर्नुहोस:

14k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ७८ मा भएको सुविधा सम्बन्धी व्यवस्था विवादित भएको छ । विनियम ७८ बमोजिम बैंकले कर्मचारी कल्याणकारी सञ्चय कोष, कर्मचारी सुरक्षण कोष लगायतका सुविधा बैंकका कर्मचारीहरुलाई मात्र उपलब्ध गराउने व्यवस्था गरेकोमा बैंकको सञ्चालक समितिको निर्णय र स्वीकृति अनुरूप बनेको उक्त विनियमावलीको व्यवस्था विपरीत बैंकका गभर्नर तथा डेपुटी गभर्नरहरुले समेत सो बमोजिमको सुविधा उपभोग गर्दै आएका रहेछन् ।

एकातिर उक्त विनियम बमोजिमका सुविधा सोही विनियममा उल्लेख भए अनुसार बैंकका कर्मचारीले मात्र पाउने बाध्यकारी व्यवस्था छ । अर्कोतिर नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २ र १४ को व्यवस्थाले गभर्नर र डेपुटी गभर्नरलाई बैंकको कर्मचारी नमानेर बैंकको सञ्चालक मानेको छ । सञ्चालकको हैसियतमा रहेका बैंकका गभर्नर र डेपुटी गभर्नरले कर्मचारीको हैसियतमा सुविधा खानु नै विवादको विषय बनेको छ ।

Advertisement

यद्दपि गभर्नर र डेपुटी गभर्नरको सेवा सुविधाका सम्बन्धमा उक्त ऐनको दफा १९ मा सञ्चालक समितिले निर्णय गर्न सक्ने व्यवस्था गरेतापनि उक्त सुबिधा गभर्नर र डेपुटी गभर्नरले पाउने सम्बन्धमा सञ्चालक समितिले स्पष्ट निर्णय नगरेको देखिन्छ ।

यसै सन्दर्भमा अधिवक्ताद्वय विनोद राज आचार्य र भरत कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विरुद्ध अन्तरिम आदेश सहित उत्प्रेषण युक्त परमादेशको माग राखी मिति २०८१ चैत्र १४ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकाछन् । सो सम्बन्धमा चैत्र १९ गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाइएकोमा उक्त दिन हेर्न नभ्याइएकोले पुनः आगामी २५ गते अन्तरिम आदेशको लागि पेशी तोकिएको जानकारीमा आएको छ ।

आगामी चैत्र २४ गते आफ्नो कार्यकाल पुरागरी पदमुक्त हुने गभर्नरको हकमा निजले चैत्र २५ गतेसम्म सर्वोच्च अदालतको अन्तरिम आदेश पर्खिन्छन् कि आफ्नो सो विवादास्पद सुविधा हतार हतारमा लिन्छन ? त्यो नैतिक जिम्मेवारी अवकाश पाउँदै गर्नु हुने गभर्नर कै काँधमा छ । हेरौं लगातार १५ वर्षदेखि विभिन्न सरकारी निकायहरुमा नियुक्त पाउँदै आउनुभएको नेपाल राष्ट्र बैंकका सेवा निवृत्त हुनै लाग्नुभएका गभर्नर महाप्रसाद अधिकारीले कत्तिको हिम्मत देखाउँछन् त्यो हेर्न बाँकी नै छ ।

 

शेयर गर्नुहोस:

14k
Shares