मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाल र थाइल्यान्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

नेपाल र थाइल्यान्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्रा बैंकक, २० चैतः थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबाट आज आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका हुन् ।

थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

Advertisement

उनले नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबिचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरूबीच छलफल भएको बिताए।प्रधानमन्त्री ओलीले नेपालमा होटेल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री शिनावात्रालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिट्टै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरे । भ्रमणका क्रममा नेपाल र थाइल्याण्डबीच विभिन्न विषयमा समझदारी भएको छ ।

शेयर गर्नुहोस:

54
Shares