मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राजावादी प्रदर्शनमा ज्यान गुमाएका दुई युवाका परिवारलाई सरकारले जनही दस लाख दिने

राजावादी प्रदर्शनमा ज्यान गुमाएका दुई युवाका परिवारलाई सरकारले जनही दस लाख दिने


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाउने दुई युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ ।

काठमाडौँ–हेटौँडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

शेयर गर्नुहोस:

162
Shares