मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री लेखक

सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री लेखक


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले बुधबारमन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तीनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।

Advertisement

‘तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो ।’ गृहमन्त्री लेखकले भने, ‘विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भिर छ ।’

उनले हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, सञ्चार गृह र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले निष्पक्ष छानविन गरी दोषी पक्षलाई कारबाही गरिने बताए ।

यसैगरी तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका विषयमा गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको छ भने ।

सो अवसरमा महासचिव दाहालले तीनकुने घटनामा परी एक फोटो पत्रकारको ज्यान गएको र सञ्चारगृहहरूमाथि हमला भएको घटनाको निष्पक्ष छानबिन गर दोषी पक्षलाई हदैसम्मको कारबाही गर्न अनुरोध गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस:

108
Shares