मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पूर्वराजा ज्ञानेन्द्रले अस्थिरता निम्त्याए : महासचिव पोखरेल

पूर्वराजा ज्ञानेन्द्रले अस्थिरता निम्त्याए : महासचिव पोखरेल


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाएका छन् ।

एमाले सुनसरी जिल्ला कमिटीले बुधबार इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाएका हुन् ।

Advertisement

गणतन्त्रको स्थिरताका लागि पूर्वराजाविरुद्ध पुनः एकपटक प्रतिकार गर्न आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, “गणतन्त्र सजिलै ढल्दैन, शाही परिवारकै तानासाका कारण जनताले ल्याएको गणतन्त्रको विकल्प पुनःशाहीतन्त्र हुन सक्दैन ।”

उनले गणतन्त्रको पक्षमा जनताको विचार र सोचलाई उठाउन जरूरी रहेको बताए । उनले भने, “यो मुलुकमा परिवर्तन सर्वसाधारणको त्याग र बलिदानले आएको हो, कुनै व्यक्तिको कृपाले होइन ।”

महासचिव पोखरेलले चैत १५ गते घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने र उनी नै मुख्य जिम्मेवार भएको तर्क गरे । उनले भने, “पूर्वराजा अस्तिरताको कारण हुन्, उनले सरकार र ज्ञानेन्द्र शाहको बीचमा भएको सम्झौताविपरीत गतिविधि गरेका छन् ।”

शेयर गर्नुहोस:

54
Shares