मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

तुलसीपुर । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ ।

Advertisement

सोही दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईं र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।

अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताए । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ । गाडीमा सवार अन्य पाँच जना घाइते छन् । उनीहरुको भारतमै उपचार भइरहेको जनाइएको छ ।

शेयर गर्नुहोस:

243
Shares