मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

अमेरिकामा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको निधन

अमेरिकामा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको निधन


शेयर गर्नुहोस:

24.9k
Shares

  • change font
  • change font
  • change font

टेक्सास, अमेरिका — उज्यालो भविष्यको सपना बोकेर झण्डै १५ महिना अघि अमेरिका आएका १९ वर्षीय नेपाली विद्यार्थी एप्सन भट्टको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ। शनिबार, मार्च २२ का साँझ स्यान मार्कस शहरको स्युवेल पार्क नजिकै यो दुःखद घटना भएको हो।

एप्सन भट्ट टेक्सस स्टेट युनिभर्सिटी, स्यान मार्कसमा अध्ययन गरिरहेका थिए। उनी गोर्खा, नेपालको स्थायी बासिन्दा थिए।दुर्घटना मोटरसाइकल र अर्को सवारीबीच ठोक्किएर भएको हो, तर एप्सन सवारीको चालक थिए वा यात्रु, भन्ने कुरा अहिले अनुसन्धानकै चरणमा छ। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल एसेन्सन सेटोन हेज अस्पताल पुर्‍याइएको थियो। टाउकोमा गम्भीर चोट लागेकाले उनी ब्रेन डेड घोषित भएका थिए र आईसीयूमा राखिएका थिए। अन्ततः, मार्च २५ मा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

Advertisement

एप्सन त्यही दिन कलेजबाट फर्कंदै थिए। उनको यो अचानकको निधनले नेपाली विद्यार्थी समुदायमा मात्र होइन, सिङ्गो नेपाली डायस्पोरामा शोकको लहर फैलिएको छ।

उनको मृत्युपछि, युनिभर्सिटीले शव नेपाल पठाउने खर्च व्यहोर्ने निर्णय गरेको छ। त्यसैबीच, एनआरएन टेक्सास च्याप्टरले GoFundMe मार्फत आर्थिक सहयोग संकलन सुरु गरेको छ। संकलित रकम एप्सनको परिवारलाई सहयोगस्वरूप प्रदान गरिनेछ। मार्च २६ सम्ममा ४३  हजार डलरभन्दा बढी रकम उठिसकेको छ।

शव नेपाल फर्काउने प्रक्रिया अगाडि बढिरहेको छ। यस कठिन घडीमा एप्सनको परिवारलाई सहयोग गर्न सबै नेपालीलाई आह्वान गरिएको छ।

शेयर गर्नुहोस:

24.9k
Shares