मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन

राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौवाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।

उनले भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई हुने भन्दै आफूहरू दलहरू सबै अटाउने प्रजातन्त्रसहितको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे ।

लिङ्देनले राजसंस्था र प्रजातन्त्र एक–अर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाई विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे ।

उनले पूर्वराजाको स्वागतमा आफूहरूले अहिलेसम्मै ठूलो जनसागर देखेको बताए । यद्यपि केही सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उनले बताए ।

उनले अहिलेको अवस्थामा सञ्चारजगत पूवाग्राही बन्न नहुने र देशको परिवर्तनको यात्रालाई अन्देखा गरेर देशलाई दुर्घटनातर्फ लैजान दिन नहुने उल्लेख गरे ।