मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो : प्रचण्ड

गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो : प्रचण्ड


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिगको मंगलबार आयोजित कार्यक्रममा उनले देशभरका युवालाई अग्रगमनका सङ्गठति गर्नुपर्ने बताए ।

Advertisement

संविधानलाई परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिँदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्न आवश्यक भएको बताए ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार प्रतिक्रान्तिकालाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीको काँधमा आएको बताउँदै उनले भने,“विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु स्वभाविक हो, त्यस्ता प्रयासका विरुद्ध अझ बढी सङ्गठित भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हो ।”

शेयर गर्नुहोस:

54
Shares