चितवन । नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल चयन भएका छन् । सो पाटीको १०औँ नगर अधिवेशनबाट अर्याल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी यसअघि पनि नगर कमिटीको अध्यक्ष थिए ।
६५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा आशिक तामाङ, सचिवमा सागर मिश्र, उपसचिवमा बालकृष्ण भट्टराई (राजु) र सविता चौधरी तथा लेखा समिति अध्यक्षमा अमितकुमार गुप्ता, उपाध्यक्षमा टीकाराम आचार्य र सचिवमा विमल दुवाडी चयन भएका छन् ।
नवनिर्वाचित कमिटीलाई मङ्गलबार एमाले जिल्ला पार्टी कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । केन्द्रीय सदस्य तथा नगर अधिवेशन अध्यक्षमण्डलकी अध्यक्ष प्रभा बरालले नगर अध्यक्षसहित पदाधिकारी तथा सदस्य, लेखा समिति अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
नेकपा एमाले पोलिटब्युरो सदस्य चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली प्रमुखअतिथि रहेको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, केन्द्रीय सदस्य यमबहादुर परियार, प्रदेश उपाध्यक्ष दावादोर्जे लामा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, टीका पौडेल, मुकुन्द दवाडी, श्यामलाल विक, विमला दवाडी, जिल्ला अध्यक्ष कमलराज पाठक, श्यामकुमार विष्ट, उपसचिव मीनबहादुर परियार, सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख प्रकाश आचार्य, जिल्ला कमिटी सदस्य प्रताप डल्लाकोटीलगायतको उपस्थिति रहेको थियो ।
नेकपा एमाले नगर अधिवेशन अध्यक्षमण्डल सदस्य प्रकाश खनाल शैलेशले कार्यक्रम सञ्चालन गरेका थिए ।












प्रतिक्रिया