मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली युवाहरुको ‘भेट्छ’ एप अब अमेरिकामा

नेपाली युवाहरुको ‘भेट्छ’ एप अब अमेरिकामा


शेयर गर्नुहोस:

5k
Shares

  • change font
  • change font
  • change font

अमेरिका – नेपाली समुदायलाई सहायता गर्ने उद्देश्यका साथ ‘भेट्छ’ मोबाइल एप अब अमेरिकामा पनि उपलब्ध भएको छ। नेपाली युवाहरूका लागि रोजगारी, भिसा जानकारी, व्यापार प्रवर्द्धन, कोठा भाडामा दिने/लिने लगायत विभिन्न सेवा प्रदान गर्ने यस एपलाई नेपाली समुदायले अत्यधिक उपयोगी मानेका छन्।

‘भेट्छ’ एप हाल अष्ट्रेलिया र अमेरिकामा उपलब्ध छ, भने आगामी दिनहरूमा संसारभर फैलिएको नेपाली समुदायलाई लक्षित गर्दै थप देशहरूमा विस्तार गर्ने लक्ष्य राखिएको भेट्छ एपको अमेरिकी संयोजक युवा उद्यमी अशिष पगेनीले हिमालय खबरलाई बताए । संयोजक पगेनीले प्रवासी नेपालीहरूलाई सहायता पुर्‍याउने लक्ष्य राखेर यो एप अमेरिकामा प्रभावकारी बनाउन विभिन्न पहल गरिरहेका छन्। ‘भेट्छ’ एपमा ४५+ विभिन्न व्यवसायिक श्रेणी मा १००० भन्दा बढी नेपाली व्यवसायहरूको सूची उपलब्ध छ, जसले नेपाली समुदायलाई आफ्नो स्थानिय क्षेत्रमा आवश्यक सेवा सहज रूपमा खोज्न सहयोग पुर्‍याउँछ।

नेपालबाट अध्ययन, रोजगारी वा स्थायी बसोबासको लागि विदेश गएका नेपालीहरूलाई लक्षित गर्दै बनाइएको यस एप प्रवासी नेपाली समुदायको जीवनलाई सहज बनाउन अत्यन्तै उपयोगी भएको बताइएको छ।

शेयर गर्नुहोस:

5k
Shares