मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

‘परीक्षाको प्रश्नपत्र दिने’ प्रलोभन देखाइ छात्रामाथि बलात्कार गर्ने शिक्षक पक्राउ

‘परीक्षाको प्रश्नपत्र दिने’ प्रलोभन देखाइ छात्रामाथि बलात्कार गर्ने शिक्षक पक्राउ


शेयर गर्नुहोस:

2.2k
Shares

  • change font
  • change font
  • change font

सिन्धुली । परीक्षाको प्रश्नपत्र दिन्छु भन्ने प्रलोभन देखाएर आफ्नै विद्यालयमा अध्ययनरत छात्रा (नाम गोप्य)लाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका वडा नं-१ स्थित निमावि बसेरीमा कक्षा ८ मा पढ्ने १४ वर्षीया छात्रालाई सोही विद्यालयका विज्ञान शिक्षक जाजरकोटको भेरी नगरपालिका वडा नं-९ निवासी गोरख विकले जबर्जस्ती करणी गरेको भन्ने जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Advertisement

परीक्षाको प्रश्नपत्र दिन्छु भनि कोठामा बोलाई राति साढे दस बजेदेखि बिहीबार बिहान ३ः०० बजेसम्म पटकपटक बलत्कार गरेको आरोप लागेका शिक्षक विकलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काका अनुसार शुक्रबार विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक भेला भई छलफल गरी वडाध्यक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी हरिहरपुर गढीको टोलीले शिक्षकलाई नियन्त्रणमा लिई बालिकाको उद्धार गरेको थियो ।

बलात्कार आरोपी शिक्षकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको सिन्धुली प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

2.2k
Shares