मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्रियसभा बैठक : सांसद शाहीको अभिव्यक्तिप्रति खेद प्रकट

राष्ट्रियसभा बैठक : सांसद शाहीको अभिव्यक्तिप्रति खेद प्रकट


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर खेद प्रकट गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीले सभाको कामकारबाही र सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको देखिएकोप्रति खेद प्रकट गरेका हुन् ।

Advertisement

राष्ट्रियसभाले २०८१ माघ २८ गते पारित गरेको ‘मिडिया काउन्सिल विधेयक’लाई लिएर सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधिसभा सदस्य शाहीले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष दाहालले भने, “कपोलकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता तथा उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ, आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राख्न निज माननीय सदस्यलाई यो सभा निर्देशन दिन्छ ।”

राष्ट्रियसभाको आजको शून्य समय र विशेष समयमा प्रतिनिधिसभाका सदस्य शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गरेको टिप्पणीको सम्बन्धमा सभाको ध्यानाकर्षण गराइएको थियो ।

शेयर गर्नुहोस:

162
Shares