मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्दतिविपरीत भएको जनाएको छ ।

डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहसपैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

Advertisement

“कानुन व्यवसाय स्वतन्त्र न्यायपालिकाको अङ्ग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहसपैरवी गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी अधिकार हो”, डिएलएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

डिएलए नेपालले काठमाडौँ जिल्ला अदालतबाट बाहिरिने क्रममा हुलदङ्गा, लछारपसार, कुटपीट तथा नाराबाजी गर्नु स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक पद्दतिविपरीत भएको जनाएको छ । यस्तो गतिविधिमा संलग्न हुनु गैरकानुनी भएको भन्दै डिएलएले सोको भर्त्सना गरेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानसहित तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न डिएलए नेपालले विज्ञप्तीमार्फत सरकारसँग अनुरोध गरेको छ ।

शेयर गर्नुहोस:

189
Shares