मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छ : महामन्त्री थापा

निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छ : महामन्त्री थापा


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

गण्डकी। नेपाली कांग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने बताएका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उनले चुनावमा जाँदा उपलब्धिपत्र लिएर जानका लागि परिणाम देखाउने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे।

Advertisement

महामन्त्री थापाले निराश हुनुपर्ने अवस्था नरहेको तर आगामी तीन वर्षमा जनताले अनुुभूति गर्ने गरी क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए। ‘कांग्रेसको नेतृत्वमा देशमा धेरै उपलब्धि हासिल भएका छन् तर ती कामको प्रचार हुन सकेको छैन। अब थप उपलब्धिका लागि जुनजुन तहको सरकारको जिम्मेवारीमा छौँ, त्यहाँ परिणाम दिनेगरी काम गर्नुपर्छ। तिनै कामको विवरण लिएर आगामी चुनावमा जाने अवस्था बनाउन सबै जिम्मेवारीपूर्वक काममा लागौँ’, उनले भने।

पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको बताउँदै महामन्त्री थापाले त्यसले जनअपेक्षा सम्बोधन गर्न सहयोग पुग्ने धारणा राखे। समस्या सुन्ने मात्र नभइ समाधान दिन सक्ने अवस्था सिर्जना गर्न संवादलाई बढावा दिनुपर्ने उनको भनाइ थियो।

महामन्त्री थापाले पार्टीको काँधमा धेरै जिम्मेवारी रहेकाले आगामी १५औँ महाधिवेशनबाट आउने नेतृत्व पार्टी संगठन सम्हाल्न सक्ने हुनुपर्ने धारणा राखे। उनले आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर महाधिवेशनको मात्र कुरा गर्न अवस्था बनाउन आग्रह गर्दै आगामी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिए।

‘चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको सदस्यता त्यपछि नवीकरण हुनेवाला छैन। साथै क्रियाशील सदस्यता फाराम दिइएका जिल्लाले समयभित्र क्षेत्रलाई दिएन भने त्यो क्रियाशील फारम नम्बर फ्रिज गरिने छ। क्षेत्रले आफूभन्दा तलका समितिलाई नदिएमा सोहीअनुसार कारबाही हुनेछ’, महामन्त्री थापाले स्पष्ट पारे।

पार्टीको विधान संशोधनका लागि करिब पाँच महिना लाग्ने र विधान महाधिवेशन गरेर तत्काल पारित हुने र त्यसकै आधारमा महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने उनले जानकारी गराए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार हुन नसकेको भन्दै पार्टीले अपनत्व लिनुपर्ने बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जाललाई संगठन निर्माणसँगै राम्रा कामलाई जनातामाझ पुर्‍याउने गरी उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा रघुराज वाग्ले र डा हेमराज लामिछानेले जननिर्वाचित प्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताए।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य मधु आचार्य, कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)लगायतले सम्बोधन गरेका थिए।

शेयर गर्नुहोस:

243
Shares