मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउनका लागि वर्तमान सरकार : सञ्चारमन्त्री

मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउनका लागि वर्तमान सरकार : सञ्चारमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को साझेदारीमा वर्तमान सरकार गठन स्पष्ट गरेका छन् ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ स्थित बराह माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव एवं प्राविधिक शिक्षा रजत वर्ष समारोहको शनिबार उद्घाटन गर्दै उनले बारम्बार सरकार परिवर्तन हुन थालेपछि त्यसप्रति जनतामा नैराश्यता बढेको बताए । उनले देशमा व्यवस्था परिवर्तन भए पनि जनताका विकासका चाहना पूरा नभएकाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दृढताका साथ कार्यक्षेत्रमा क्रियाशील छ भने ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले विकास–निर्माणमा बाधक बनेका नीति, ऐन कानुन परिमार्जन गरेर सरकार अघि बढ्ने बताए ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न नसक्दा विद्यार्थी र अभिभावकको आकर्षण संस्थागत विद्यालयतर्फ बढेको बताउँदै मन्त्री गुरूङले भने, “सरकारले एउटा हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप प्रदान गरी व्यावसायिक बनाउने नयाँ शिक्षा नीति ल्याउने सोच बनाएको छ ।”

सरकारी खर्चअनुसार शैक्षिक गुणस्तर कायम नहुने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्ने बताए ।

मन्त्री गुरूङले विद्यालय परिसरमा निर्मित जग्गादाताको स्तम्भ र प्राविधिक (भेटेरिनरी) सञ्चालनको रजत वर्ष शिलालेखको अनावरण पनि गरेका थिए । साथै, उनले विद्यालयका सहयोगदाता, पूर्वविद्यार्थी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरे । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनराज गुरूङले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्तरीय शिक्षामा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशमान रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाप्रेमी टङ्कनाथ शर्मा, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गुरूङलगायत वक्ताले गण्डकी क्षेत्रको शैक्षिक उन्नयनमा बराह माविले निर्वाह गरेको योगदानको सराहना गरे । त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।