मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही हुन्छ : गृहमन्त्री

आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही हुन्छ : गृहमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समानरूपमा व्यवहार गरिने दोहोर्‍याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताए । सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही हुने उनले राससलाई बताए ।

सहकारी ठगीमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जलामा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको उनले बताए । हिरासतको संवेदनशीलता तथा सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताए । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताए ।