काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले उधौली, यःमरी पुन्ही तथा धान्यपूर्णियामा पर्व-२०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
सभामुख घिमिरेले जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै यी पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।
नेवाः समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने ‘यःमरी पुन्ही’ विशेष सांस्कृतिक पर्व भएको र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्ही धुमधाम साथ बनाउने प्रचलन रहेको सन्देशमा छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रूपमा मनाउँछन् ।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । किरातभित्रका जातजातिले उधौलीपर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने गरिन्छ ।












प्रतिक्रिया