अरभिङ्ग, टेक्सस । नेपाल र विश्वका विभिन्न भागहरूमा सफल कार्यक्रमपछि जोन एन्ड द लोकल्सले अब अमेरिका यात्रा गर्ने भएका छन्। यो कार्यक्रम थामेल इभेन्ट यूएसए र डेब्र इभेन्ट्सले डिसेम्बर २१ मा प्रस्तुत गर्ने भएका हुन्।
टेक्ससको रेले अन्डरग्राउन्डमा जोन एन्ड द लोकल्सले मञ्च लिँदैछन् । जसले साङ्गीतिक ऊर्जा र सम्झनालायक रात प्रस्तुत गर्ने दाबी गरिएको छ। यो अत्यन्त प्रतिक्षीत कार्यक्रम लाइफस्टाइल यूएस, ब्याकबेंचर्स र चट्टा इन्टरटेन्मेन्टद्वारा संयुक्तरूपमा आयोजना हुनेछ।
रक, इन्डी र लोकसङ्गीतलाई मिश्रण गरेर आफ्नै पहिचान बनाएका जोन एन्ड द लोकल्सले विश्वभर आफ्ना जोसिलो प्रस्तुति र हृदय छुने गीतहरूबाट निकै धेरै फ्यान समूह बनाएका छन्। रेले अन्डरग्राउन्डको सानो र नजिकको वातावरणमा उनीहरूको प्रस्तुति सांगीतिक प्रेमीहरूका लागि अविस्मरणीय हुने दाबी गरिएको छ ।
यो कार्यक्रम सांगीतिक, सांस्कृतिक र समुदायको उत्सव हुने छ । जसमा स्थानीय कलाकारहरूको प्रस्तुति र विभिन्न सरप्राइजहरू पनि हुनेछन्।
प्रतिक्रिया