काठमाडौँ । मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टसहितको प्यानल घोषणा भएको छ । विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठनलगायत ६ वटा संस्थाले समर्थन गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा एक कार्यक्रम गर्दै संयुक्त प्यानलले उम्मेदवारसहित प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् ।
प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं विष्टलाई समर्थन गरेका हुन् । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिएपछि असन्तुष्टि जनाउँदै विष्टले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए । उनले विष्टलाई विजयी गराउन आफू र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए ।
यस्तो छ प्यानल :
अध्यक्षः रमेश विष्ट
बरिष्ठ उपाध्यक्षः रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षःसुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
खुला सचिवः उत्तरसिंह विष्ट
मधेसी सचिवः श्रीजन झा
महिला सचिवः सरिता बराइली
दलित सचिवः वसन्त विक
आदिवासी जनजातिः भिषण राई
एशोसियट सचिव : विकास काकी
कोषाध्यक्षः रामकृष्ण अधिकारी












प्रतिक्रिया