मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विकल पौडेल र सफल श्रेष्ठलाई आठ वर्ष कैद, तीन करोड ४२ लाख जरिवाना

विकल पौडेल र सफल श्रेष्ठलाई आठ वर्ष कैद, तीन करोड ४२ लाख जरिवाना

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठवर्ष कैद र रु तीन करोड ४२ लाख २२ हजार आठसय बिगो र सोही बराबर जरिवाना निर्धारण गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई उक्त सजाय निर्धारण भएको हो ।

अदालतले पौडेल र श्रेष्ठलाई गत कात्तिक १४ गते दोषी ठहर गरेको थियो । अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय सुनाएको थियो । उक्त मुद्दामा विशेषले पौडेल र श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते १२ जनाविरुद्ध मुद्दा दायर गरेको मुद्दामा अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा रु ३८ करोड ६७ लाख १७ हजार छसय ४० बिगो असुल गर्न माग दाबी गरेको थियो ।