मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चितवनमा रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दर्ता

चितवनमा रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दर्ता


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

चितवन । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनमा पूरक जाहेरी दर्ता भएको छ ।

सहकारीपीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी पूरक जाहेरी दिएको चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । जाहेरीमाथि अध्ययन गरेपछि मात्रै दर्ता गर्ने÷नगर्ने भन्ने कुराको निर्णय लिइने उनको भनाइ छ ।

Advertisement

‘रवि लामिछाने र छविलाल जोशीलगायत १० जनाविरुद्ध पूरक जाहेरी प्राप्त भएको छ । जाहेरीउपर हामीले अनुसन्धान गर्दैछौँ । अब हामी सरकारी वकिलको रायका आधारमा अघि बढ्छौँ’, उनले भने । सहकारी संघर्षपीडितका अध्यक्ष शालिकराम दवाडीसहित २३ जनाले प्रहरीमा पूरक जाहेरी दिएका हुन् ।

सहारा सहकारीको बचत रकम अपचलनको विषयमा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत यसअघि नै चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । सहारा सहकारीका संस्थापक गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध दर्ता भएको मुद्दामा साढे ३७ करोड रुपैयाँ मागदाबी गरिएको छ ।

पूरक जाहेरीको आधारमा थप अनुसन्धान गरी प्रहरीले मुद्दा दर्ता गर्ने उनले बताए ।

शेयर गर्नुहोस:

81
Shares