मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विकृति विसङ्गति नियन्त्रण गर्न सरकार दृढ सङ्कल्पित : सञ्चारमन्त्री गुरूङ

विकृति विसङ्गति नियन्त्रण गर्न सरकार दृढ सङ्कल्पित : सञ्चारमन्त्री गुरूङ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले समाज र राजनीतिक क्षेत्रमा देखिएको भ्रष्टीकरण र अपराधीकरण रोक्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताएका छन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजि पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले समाजमा देखिएका गलत कार्यको रोकथाम तथा नियन्त्रण गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए।

Advertisement

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले भने, ‘हाम्रो समाज र राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सद्भावलाई भत्काउने, सामाजिक, सांस्कृतिक सहअस्तित्वलाई नकारात्मक असर तुल्याउने क्रियाकलाप गर्ने कसैलाई पनि छूट छैन।’

कोशी प्रदेशका कानूनमन्त्रीमाथि अघि बढाइएको कारबाही एउटा संकेत भएको बताउँदै मन्त्री गुरूङले अगाडि भने, ‘गलत क्रियाकलापमा संलग्न हुने जो कोही भए पनि छूट पाउँदैन। गल्ती गर्नेले सजाय पाउनैपर्छ। यस्ता गलत क्रियाकलाप विस्तारै अन्त्य हुन्छ।’

शेयर गर्नुहोस:

54
Shares