मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विराटनगरमा पक्राउ परेका कोशीका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई जिल्ला अदालत काठमाडौँले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका एमाले प्रदेश सांसद अधिकारीलाई अनुसन्धानका लागि मंगलबारसम्म हिरासतमा राख्न अदालतबाट अनुमति दिएको हो । आरोपित अधिकारीलाई आइतबार मोरङबाट पक्राउ गरी जहाजमार्फत काठमाडौँ ल्याइएपछि अदालत उपस्थित गराइएको थियो ।

यसअघि पक्राउ परेका यही कसूरका अरु ६ जनालाई हिरासतमा राख्ने अवधिसम्म सांसद अधिकारीलाई म्याद मिलान गरिएको हो ।