नेपाली पन अनि नेपाली मन भएका विश्वभर रहेका प्रत्त्येक नेपालीका लागी दशैँ एउटा मनोवैज्ञानिक उपचार नै हो । विदेशमा विशेषतः अमेरिकामा दशैँलाई हाम्रो पुस्ताले कसरी स्थापित गर्ने भन्ने विषयमा वहस हुन जरूरी भैसकेको छ ।
हामीलाई दशै भनेको कामबाट बिदा लिने, पिङ्ग लगाउने, घर पोत्ने, बाटो खन्ने, नयाँ लुगा लगाउने, मिठो खाने, खसी प्रत्येकको घरमा हुनु पर्ने, मान्यजनका हातबाट विशेषत: परिवारको सदस्य, नाता, साइनो लाग्नेबाट टिका र जमरा लगाएर आर्शिवाद लिने जुन प्रक्रिया छ त्यसलाई हामी दशै भनेर सम्बोधन गरि रहेका छैँ । यसो यसो गरे त्यो दशै हो भन्ने कुनै न कुनै एउटा पुस्ताको योगदान छ । भनेको दशैको प्रणाली निर्माण गर्ने एउटा पुस्ताले त्यस भूगोलको आवश्यकतामा निर्माण गऱ्यौ र हामीले आजसम्म त्यहि अपनाई रहेका छौँ । अब त्यो पुस्ता विदेशका लागी हामी हौँ ।
विदेशमा दशैँ कस्तो बनाउने भन्ने कुरा यहाँको परिवेश अनुसार हाम्रो हातमा छ । यहाँको बस्तुस्थिति, भूगोल र आवश्यकता अनुसार हामीले अमेरिकी भुगोलमा यसोयसो गर्दा दशै आएको अनुभव हुन्छ भन्ने गरि त्यो सामाजिक, सांस्कृतिक प्रणाली तय गर्नु पर्छ । तसर्थ यो हाम्रो पुस्ता विदेशमा हरेक दुष्टिकोणले विशेष छ ।
विदेशमा अहिले नेपालीको संख्या बढेसँगै नेपालीपनको कमि चाहिँ भएको छैन । तर हामीसँग सम्बन्ध हरुको खडेरी नै छ । विदेशमा हामीबीच भएको सबै भन्दा ठुलो सम्बन्ध भनेको ‘साथी’ मात्र छ । आमाबुबा, दाजुभाई, साना बा, ठुला बा, मिता, मिताहा , बा/ आमा, फुपु, फुपाजु, सम्धि, सम्धिनि, भिनाजु, ज्वाइँ लगाएतका सयौ सम्बन्ध जसले हामी नजिक भएको अनुवभ गर्ने गर्छौ ।
त्यसमा पनि दशैमा यी सम्बन्ध विशेष हुन्छन, त्यो विषयको अभाव हामीमा छ । छ त साथी साथी लुज सम्बन्ध हो । टाइट सम्बन्धका माथि उल्लेखित उदाहरण हामी बीच नहुँदा विशेषतः चाडबाड त्यसमा पनि दशै विशेषः बन्न सकिरहेको छैन । ती सम्बन्ध खोजेर वा मन लाग्यो निर्माण गरौँ भन्ने पनि हुदैन । तसर्थ जुन उपलब्ध भएको सम्बन्ध ‘साथी’ त्यसलाई नै प्रयोग गरेर ती सम्बन्धको अभाव पुरा गर्नु पर्ने हुन्छ ।
अब हामीले गर्ने के त ? कसरी दशैको संरचना निर्माण गर्ने? अहिले खसि ल्याउने, तास खेल्ने , टोल टोलमा दशैको कार्यक्रम राख्ने गरिन्छ । तर दशैमा विशेषः महत्व मानिने टिका लगाउन जसरी टाइट सम्बन्ध भएका घरमा टिका लगाउने गरिन्छ त्यसको निरन्तरता दिन सकिरहेका छैनौ । तसर्थ जो जहाँ जुन टोलमा बसेका र्छौ । त्यहाँ हामी साथि – साथि को सम्बोधन गरेर बसेका छौ । हो त्यही सम्बन्ध भएका प्रत्येकले प्रत्येकको घरमा परिवार र विशेषः बालवच्चा सहित गएर टिका लगाउने वातावरण निर्माण गर्नु पर्ने देखिन्छ र त्यो संस्कारको विकास गर्नुपर्ने हाम्रो आवश्यकता हो । मानौ दशैको दिन गाडी लिएर १५/२० जना साथिहरुकोमा गएर टिका थापेर त्यो दिन विशेष बनाउने हो भने पक्कै पनि हाम्रा बच्चालाई त्यो क्षण विशेष बन्ने छ ।
त्यो निरन्तरता हरेक बर्ष गर्ने हो भने कालान्तरमा त्यो हाम्रो संस्कार बन्छ । त्यसले मनोवैज्ञानिक उपचारको काम गर्छ । नेपाली गाउँघर तिर एउटा भन्ने चलन छ ‘दशैमा टिका लगाउन त आउँछस नि ? त्यो मनोविज्ञानले हजारौ सम्बन्ध बाँचेका हुन्छन। हजारौ मनमुटाब, झगडा, दोन्द र आपराधिक काम बाट बचाई रहेका हुन्छन । यसको मनोवैज्ञानिक महत्व छ । हजारौ पेजको कानुन भन्दा यसको सीमा, परिवन्ध र मनोवैज्ञानिक सजाय धेरै कठिन छ ।
चाडबाड विशेषतः दशैले हाम्रो समाजमा एकता, भाईचारा र सिमा, परिवन्ध निर्माण गर्ने विशेष सहयोग गर्छ । मानौ हामीले याहाँ एउटा साथिको घरमा परिवार र बालबच्चा सहित टिका लगाउन गएका छौ भने, त्यो परिवारका सदस्यलाई हेर्ने नजर नै भिन्न हुन्छ । आफ्नो पन, नजिक पन र अझ विशेष बन्छ । साथीको सम्बन्ध लाई अलिक परिमार्जन गरेर मित लगाएर मित बनाउन सकिन्छ । यसको पनि हाम्रो संस्कारमा विशेष आदार र महत्व छ । अबको अर्को २० बर्षमा हामीहामी बीच सम्धि – सम्धिना, ससुराली, सालासाली , भिनाजु वा अरूअरु सम्बन्धमा विस्तार होला । तर अहिलेको लुज सम्बन्ध लाई टाइट सम्बन्धमा विस्तार गर्ने दशैको टिका एउटा राम्रो अवसर बन्छ र त्यो हाम्रो आजको आवश्यकता पनि हो । हामी प्रायः जसोलाई दशैको बारे सोध्ने हो भने मामल गएर टिका लगाएर दक्षिणा लिएको सम्झना विशेषः छ ।
हामीले यहाँ एउटा साथिको घरमा मानौ मामाको घरमा जस्तै मानेर टिका लगाउन वालवालिका लिएर गयौं भने त्यो हामीले बालापनमा लिएको अनुभव लिन पाउँछन र अर्को बर्ष देखि त्यहि बच्चाले हामीलाई सोध्छन ‘दशै कहिले हो < किनकी हामी पुनः त्यो साथीकोमा छोरा छोरी सहित पुनः टिका लगाउन जान्छौ र छोरा छोरीलाई दक्षिणा वा त्यहाँ त्यो अवसरमा दिएका मिठा परिकार वा त्यो माहोलले दशै प्रतिको मोह बढाउछ । त्यसपछि हामीले हाम्रा सन्तानलाई हाम्रो संस्कार हस्तान्तरण गर्ने ठुलो चिन्ता लिनु पर्ने नहुन सक्छ ।
(लेखक नेपाली समाज टेक्ससका सचिव हुन् ।)
प्रतिक्रिया